आजै रातिदेखि आकस्मिक उपचारबाहेक घरबाहिर ननिस्कन प्रशासनको आह्वान

९ चैत ०७६, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

आइतबार अपरान्ह जिल्ला प्रशासन कार्यालयमा जिप्रका, भीमदत्त नगरपालिका र सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले गड्डाचौकी नाका मंगलबार बन्द गर्ने निर्णय गर्दै सर्वसाधारण नागरिकलाई आजै रातिदेखि घरबाहिर ननिस्कन आह्वान गरेको हो ।

प्रशासनले आइतबार नै सूचना जारी गरेर सूचनाविपरीत कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुन सक्ने समेत बताएको छ ।

प्रशासन कार्यालयले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ, उद्दार र राहतको काममा सङ्लग्न यातायातबाहेक यातायात र पसल, व्यवसाय, उद्योग, कलकारखाना समेत बन्द गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

आइतबार मध्यरातदेखि जिल्ला पूरै ‘लक डाउन’ हुने बताउँदै प्रजिअ खतिवडाले भने, ‘लक डाउन भनेको एकप्रकारले कर्फ्यु नै हो ।’

 

  •  
  •  
  •  
  •  
  •