तनहुँमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० जना घाइते

९ चैत ०७६, तनहुँ । आँबुखैरेनीस्थित ऐना पहरा नजिकै आइतबार साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

आँबुखैरेनीका ट्राफिक प्रहरी चौकी प्रमुख रामकृष्ण गौलीका अनुसार पृथ्वीराजमार्ग अन्तर्गत ऐनापहरा नजिकै नेपालगञ्जका लागि पोखराबाट छुटेको ना ५ ख ४२९४ नम्बरको बस सडकबाट मस्र्याड्दी नदीमा खस्दा ३ जनाको मृत्यु भएको हो ।

गौलीले तीन जनाको शव भेटिएको पुष्टि गर्दै मृतकको सनाखत हुन बाँकी रहेको बताए । उनले उद्धार कार्य जारी रहेको भन्दै १२ जना घाइतेको उद्धार भएको पनि बताए ।

बसमा रहेको यात्रु संख्या र घटनाको थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरीले घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाउने तयारी गरिरहेको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •