निर्माण मजदुरद्वारा कास्कीमा कोभिड १९ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

९ चैत ०७६, कास्की । अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय महासचिव रमेश सि.के.को अगुवाईमा कोरोना भाइरस (कोभिड १९) सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
 
महासचिव सि.के.को अगुवाईमा भएको कोरोना भाइरस (कोभिड १९) सम्बन्धी सचेतना तथा प्रचार कार्यक्रममा अखिल नेपाल निर्माण मजदुर संघका गण्डकी प्रदेश अध्यक्ष बिजु थापा मगर, गण्डकी प्रदेश महिला कमिटी संयोजक जमुना शेर्पा, केन्द्रीय सदस्य दल बहादुर राई, सा.स.चुम बहादुर सि.के. लगायतको सहभागिता रहेको थियो ।
उक्त प्रचारात्मक कार्यक्रममा नोवल कोरोना भाइरस (कोभिड १९) सम्बन्धी जनचेतना जगाउने पर्चा वितरण गरिएको थियो ।
 
महासचिव सि.के.का अनुसार आइतबार १ हजारभन्दा बढी पैदल यात्रीहरुलाई कोभिड १९ सम्बन्धी सचेतनामुलक पर्चा वितरण गरिएको थियो ।
  •  
  •  
  •  
  •  
  •