हिरासतमा रहेका थुनुवालाई मास्क वितरण

देवराम यादव/९ चैत ०७६, सप्तरी । कोरोना भाइरसबाट जोगिन जिल्ला प्रहरी कार्यालय सप्तरीले हिरासतमा रहेका थुनुवालाई मास्क वितरण गरेको छ ।

कोरोना भाइरसबाट जोगाउन जिल्ला प्रहरी कार्यालय सप्तरीले हिरासतमा रहेका सबै थुनुवाहरुलाई मास्क वितरण गरेको हो ।

जिल्ला जिल्ला प्रहरी कार्यालय सप्तरीले थुनुवाहरुको स्वास्थ सुरक्षालाई विशेष ध्यान दिई हिरासतमा रहेका सबै थुनुवाहरुलाई माक्स वितरण गरिएको जनाएको छ ।

छिन्नमस्ता मन्दिरमा हेल्थ डेस्क


यस्तै कोरोको सम्भावित संक्रमणबाट बच्न सप्तरीको छिन्नमस्ता भगवती मन्दिर परिसरमा हेल्थ डेस्क स्थापनाका गरी विशेष सतर्कता अपनाइएको छ ।

कोरोना सन्त्रास रहेको अवस्थामा दैनिक पुजा गर्न आउने हजारौं श्रद्धालु भक्तजनको शुक्रबारदेखि शक्तिपीठमा स्वास्थ्य परीक्षण तथा साबुन पानीले हात धुन अनिवार्य गरिएको हो ।

नेपाल–भारतको विभिन्न स्थानहरुबाट श्रद्धालु भक्तजन आउने गरेकाले कोरोनाबाट जोगिन विशेष सतर्कता अपनाइएको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् ।

उनले श्रद्धालुहरुलाई लक्षित गरी स्वास्थ्य चौकी सखडाद्वारा हेल्थ डेस्क स्थापना गरिएको र हेल्थ डेस्कमा भक्तजनको रेकर्ड राख्नुका साथै खोकी, ज्वरो, घाँटी दुख्ने समस्या भए नभएको बारेमा सोधपुछ गर्ने, शरीरको तापक्रम नाप्ने तथा कोरोना भाइरसको जोखिमबाट जोगिने उपायबारे जानकारी दिने गरिएको बताए ।

स्वास्थ्य चौकी सखडाका इन्चार्ज अजय कुमार झाको नेतृत्वमा तीन जना स्वास्थकर्मी परिचालन गरिएको र हेल्थ डेस्कमा पहिलो दिनमै ७ सय ५ भक्तजनको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •