अमेरिकाको मानवीय सहायता प्रस्ताव इरानद्वारा अस्वीकार

१० चैत ०७६, काठमाडौं । अमेरिकाले मानवीय सहायताका लागि गरेको प्रस्ताव इरानले अस्वीकार गरेको छ ।

कोभिड १९ विरुद्धको संक्रमण नियन्त्रण गर्न अमेरिकाले मानवीय सहायताका लागि गरेको प्रस्ताव इरानले अस्वीकार गरेको हो ।

इरानको मध्यपूर्वी क्षेत्रमा कोभिड १९ बाट १ हजार ६ सय ८५ जनाको मृत्यु भइसकेको र २१ हजार ६ सय ३८ जना संक्रमित भइसकेपछि अमेरिकाले मानवीय सहायताका लागि इरानलाई प्रस्ताव गरेको थियो ।

अमेरिका आफैँ कोभिड संक्रमणबाट गुज्रिरहेकाले यस्तो प्रस्ताव गर्नु अचम्म रहेको भन्दै इरानी सर्वोच्च नेता अयतोल्लाह खमेनीले अमेरिकामाथि कोरोना भाइरस पैदा गरेको आरोप पनि रहेको बताएका छन् ।

बीबीसी

स्मरणीय के छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौतालाई सन् २०१८ मा खारेज गरेपछि यी दुई देशबीच सम्बन्ध राम्रो रहेको छैन् । पछिल्लो समय अमेरिकाले इरानमाथि धेरै प्रकारका प्रतिबन्ध समेत लगाएको छ ।

  •  
  •  
  •  
  •  
  •