कोरोनाबाट ज्यान गुमाउने संख्या १४ हजार ६ सय, संक्रमित ३ लाख ३० हजार पुग्यो

१० चैत ०७६, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट अहिलेसम्म विश्वभर १४ हजार ६०० मानिसको ज्यान गइसकेको छ ।

विश्वका १ सय ८६ देश कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित रहेको र ३ लाख ३० हजार भन्दा बढी मानिसहरु यस भाइरसबाट संक्रमित रहेको साथै करिब ९८ हजार बिरामी भएर ठिक भएको बिबिसीले जनाएको छ ।

इटलीमा आइतबार मात्रै करिब ६ सय ५१ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगिसकेको छ ।

यस्तै भारतमा कोभिड १९ बाट ७ जनाको ज्यान गइसकेको, ३६० जना संक्रमित भएको र २३ जना उपचारपछि ठिक भएको बताइएको छ ।

समाचारअनुसार भारतको २२ राज्य, ७७ जिल्लामा कोरोनाको संक्रमण पाइएको छ भने महाराष्ट्र, कर्नाटक, केरला, दिल्ली-एनसीआर र उत्तर प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।

चीनबाट सुरुभएको भनिएको कोरोना भाइरसबाट पछिल्लो समय इटली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स र दक्षिण कोरिया सबैभन्दा बढी संक्रमणको चपेटामा परेका छन् ।

  •  
  •  
  •  
  •  
  •