उपराष्ट्रपतिद्वारा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई साथ दिन अपील

११ चैत ०७६, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपील गरेेेेका छन् ।

साेमबार उपराष्ट्रपतिको निजी सचिवालयकाे नामबाट जारी गरिएको प्रेस नोटमार्फत उपराष्ट्रपति पुनले सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपील गरेको हाे ।

उपराष्ट्रपति पुनले आफ्नो एक महिनाको पारिश्रमिक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गर्ने प्रेस नोटमा उल्लेख छ ।

प्रेस नाेटकाे पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •