नेपाल प्रहरीका तीन डीआइजी, एआईजीमा बढुवा भए

काठमाडौं । नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो ।

गत फागुन १५ गते नै गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको बढुवा समितिले डीआईजी लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

यसअघि माघ २८ मा पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले अवकाश पाएपछि तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको थियो ।

  •  
  •  
  •  
  •  
  •