नेपाल टेलिकमले आज रातको १२ बजेपछि रिचार्ज बराबरको बोनस दिने

१२ चैत ०७६, काठमाडौं । नेपाल टेलिकमले आज बुधबार रातको १२ बजेपछि आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस दिने भएको छ ।

सरकारले देशभर लक डाउनको घोषणा गरेपछि ग्राहकहरुको आवश्यकता र अप्ठ्यारालाई मध्यनजर गर्दै टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस दिने निर्णय गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दिएको जानकारीअनुसार रिचार्ज बराबरको बोनस रकम टेलिकमको नेटवर्कभित्र फोन गर्न, रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ ।

उनले बोनस रकम नेपाल टेलिकमबाहेकका नेटवर्कमाफत् फोन गरेको अवस्थामा मुख्य ब्यालेन्सबाट नै शुल्क काटिने जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •