मंगलबार निधन भएका सन्तोष यादवको स्वाब रिर्पोट नेगेटिभ

१२ चैत ०७६, चितवन । भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा मंगलबार निधन भएका सन्तोष यादवसहित ८ जनाको स्वाब रिर्पोट नेगेटिभ आएको छ ।

अस्पतालले बुधबार सन्तोष यादवसहित ८ जनाको स्वाब रिर्पोट नेगेटिभ आएको जनाएको हो ।

मंगलबार बिहान ९ः३० बजे मृत घोषणा गरिएका यादवको स्वाब (नमूना कलेक्सन) काठमाडौं पठाइएको र स्वाबको रिर्पोट नआउन्जेल आइसोलेसनमा राखिएको अस्पतालले ‘जानकारी’मा उल्लेख गरेको थियो ।

चैत ७ गतेदेखि सुरु भएको कोरोना विशेष अस्पतालमा हालसम्म ८२ जनाले सेवा लिएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिएका छन् ।

डा.अधिकारीले कोरोनाको आशंकामा ११ जनाको आइसोलेसनमा राखेर उपचार गराइरहेको पनि जानकारी दिएका छन् । यस्तै उनले कतार एयरवेजबाट चैत ४ गते नेपाल आएकी संक्रमित युवतीसँगै आएका चितवनका ६ मध्ये ५ जनालाई समेत आइसोलेसनमा राखिएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •