काठमाडौं महानगरले कोभिड–१९को संक्रमण रोक्न कीटनाशक औषधि छर्कियो

१३ चैत ०७६, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरको बढी भिड हुने स्थानहरुमा कीटनाशक औषधि छर्किएको बताएका छन् ।

महानगर प्रमुख शाक्यका अनुसार महानगरका बढी भीडभाड हुने वीर अस्पताल, असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानहरुमा कीटनाशक औषधि छर्किएको हो ।

महानगरले पहिलो चरणमा १२ हजार लिटर कीटनाशक औषधि छर्किएको र उक्त औषधि स्प्रे गर्न चार हजार लिटर क्षमताका ३ वटा ट्याङ्कर प्रयोग गरिएको बताएको छ ।

विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएसँगै महानगरले आफ्नो क्षेत्रभित्र यसको रोकथाम र नियन्त्रणका लागि कीटनाशक औषधि छर्किएको जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •