अत्यावश्यक वस्तुको उत्पादन ढुवानी आवागमनलाई नरोक्ने सरकारको निर्णय

१५ चैत ०७६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी उच्चस्तरीय समितिको बैठकले आमनागरिकको आधारभूत आवश्यकतालाई मध्यनजर राख्दै आवागमन आंशिक खुला गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले नागरिकका लागि अत्यावश्यक वस्तुहरुको उत्पादन, वितरण र किनमेललाई सहज गर्ने निर्णय गरेको हो ।

ठूला उद्योगहरु खुल्ला नगरिएको बताउँदै अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा.युवराज खतिवडाले भने, ‘अत्यावश्यक वस्तुको उत्पादन, ढुवानी, वितरणमा आवागमनलाई नरोक्ने निर्णय गरिएको छ ।’

मन्त्री खतिवडाले आम नागरिकहरुले निश्चित दूरी कायम गरेर अत्यावश्यक उपभोग्य वस्तुहरुको किनमेल गर्न सक्ने बताए ।

नेपालमा कोभिड १९ संक्रमित भेटिएपछि चैत्र ११ गते बिहान ६ बजेदेखि लागूहुने गरी १८ गतेसम्मका लागि सरकारले अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कनलाई प्रतिबन्ध लगाएको थियो ।

  •  
  •  
  •  
  •  
  •