कोभिड-१९ अपडेट : ८ सय २ जनाको परीक्षण, ३ जनाबाहेक सबैको रिर्पोट नेगेटिभ

१५ चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ सय २ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएकोमा ३ जना बाहेक सबैको रिर्पोट नेगेटिभ आएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले ८ सय २ जनाको कोभिड–१९ परीक्षण हुँदा ७ सय ९९ जनाको रिर्पोट नेगेटिभ आएको र संक्रमित ३ जना मध्ये पनि १ जनाको पछिल्लो रिर्पोट नेगेटिभ आइसकेको बताएको छ ।

शुक्रबारसम्म विश्व स्वास्थ्य संगठनका अनुसार २३ हजार ४ सय ९५ जनाको कोभिड–१९ को कारण मृत्यु भइसकेको छ । यस्तै ५ लाख १२ हजार ७ सय १ जनामा यस रोगको संक्रमण भएको पुष्टि भइसकेको छ ।

कोरोना भाइरसको संक्रमण २०२ देशमा भेटिएको डब्लुएचओले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •