लकडाउन अवज्ञा गर्ने २ सयभन्दा बढी प्रहरीकाे फन्दामा

१५ चैत ०७६, काठमाडौं । नेपाल प्रहरीले सरकारी आदेश उल्लङ्घन गर्ने व्यक्तिहरू र सवारीसाधन नियन्त्रणमा लिएको छ ।
 
महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले शनिबार बिहान ‘लकडाउन’ अवज्ञा गर्ने २०० भन्दा बढी  व्यक्ति, ७० वटा दुई पाङ्ग्रे र ५ वटा चार पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको बताए ।
 
प्रहरी नायब महानिरीक्षक पोखरेलका अनुसार कोरोना भाइरस काेभिड-१९ को सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेश अवज्ञा गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हाे ।
 
प्रहरीले सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि पैदल यात्रुलाई थप कडाइ गरेको छ ।
 
‘सरकारले जारी गरेकोे आदेश अवज्ञा गरेको पाइयो, अब कुनै सम्झौता हुन्न, प्रहरीले पक्राउ गर्छ,’ डिआइजी पोखरेलले भने, ‘अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कने र सवारीसाधन चलाउने छुट छैन् ।’
 
विश्ववभर महामारीको रूपमा फैलिएको राेेग (काेभिड-१९)लाई सामान्य रूपमा नलिन आग्रह गर्दै डिआईजी पोखरेलले सरकारकाे निर्देशन पालना नगर्नेविरूद्ध प्रहरी निर्ममताका साथ अघि बढ्ने बताए ।
  •  
  •  
  •  
  •  
  •