अन्टुफ गण्डकीले समस्यामा परेका मजदुरलाई राहत दिने !

१७ चैत ०७६, कास्की । अखिल नेपाल ट्रेड युनियन महासंघका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले साँझ–बिहानकाे चुल्हो नै नबल्नेस्थितिमा पुगेका मजदुरहरुलाई संगठनको तर्फबाट सामान्य राहतको व्यवस्था गरिएको बताएका छन् ।

अध्यक्ष गौतमले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएपछि देश लकडाउनमा गएसँगै दैनिकी ज्यालादारी काम गर्ने जदुरहरुलाई पर्दै गएकाले आफूहरुले सामान्य राहतको व्यवस्था गरेको बताएका हुन् ।

उनले कास्कीबाट घर फर्कन चाहने जोकोहीलाई जिल्ला प्रशासन कार्यालयबाट एकतर्फी पास पाउन सकिने जानकारी दिँदै खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकाय (सरकारी र निजी क्षेत्र) लागिरहेको बताए ।

गौतमले खाद्य वस्तु र ग्यासको कृत्रिम अभाव र कालोबजारी भए तत्कालै स्थानीय जनप्रतिनिधि र प्रशासनलाई खबर गर्न आग्रह गरेका छन् ।

“कोरोना संक्रमणका कारण लकडाउन अवधिमा गण्डकी प्रदेशमा स्वास्थ्य सम्बन्धी वा कुनै पनि समस्या परेमा तल उल्लेखित नम्बरमा फोन गर्नु हुन अनुरोध गर्दछु” अध्यक्ष गौतमले भनेका छन्, “हामी तपाईंको सेवामा लागिरहने छौं ।”

लकडाउन अवधिभर कुनै पनि समस्या परेमा अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशका पदधिकारीहरु अध्यक्ष रुद्र गौतम (९८५६०३६६९७), उपाध्यक्ष नबिन अधिकारी (९८५६०८१०७७), सचिव भोजराज खत्री (९८५६०७१९३०), सहसचिवद्वय गुणराज बास्तोला (९८५६०८८५३३), मंगल लिम्बू (९८४६०६३५६७) लाई सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •