चैत २५ गतेसम्म लम्बियो लकडाउन अवधि

१७ चैत ०७६, काठमाडौं । सरकारले कोरना भाइरस (कोभिड –१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन जारी गरेको आदेशलाई निरन्तरता दिँदै एक हप्ता थप गरेको छ ।

सरकारले यस अघि चैत ११ देखि १८ गते बिहान ६ बजेसम्म घरमा नै बस्न जारी गरेको आदेश अवधि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २५ गतेसम्म लागू हुने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लकडाउनको अवधि चैत २५ गतेसम्म लम्ब्याइएको जानकारी दिए ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) संक्रमण नेपालमा पनि देखिएपछि गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •