२०७७ बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान नहुने

१७ चैत ०७६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाई उडान २०७७ बैशाख ३ गतेसम्मका लागि रोक्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले बैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको हो ।

सरकारले चैत ८–१८ गतेसम्म हवाई उडान रोक लगाउने पूर्व निर्णयमा संशोधन गर्दै कोरोना भाइरस संक्रमणको सन्त्रास बढेसँगै अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने समय थप गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमित देशबाहिरबाट आएकाहरुमा भेटिएकाले पनि हवाई उडान बैशाख ३ गतेसम्म रोक्ने निर्णय भएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •