कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सबैको साथ रहेको स्वास्थ्यमन्त्रीको भनाई

२२ चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि नागरिक, चिकित्सक र स्वास्थ्यकर्मीले दिएको बताएका छन् ।

मन्त्रालयमा जनस्वास्थ्यका विज्ञहरुसँग भएको छलफलमा मन्त्री ढकालले यस्तो बताएका हुन् ।

मन्त्री ढकालले छलफलका क्रममा कोभिड–१९ विरूद्धलड्न स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले काम गरिरहेको बताए ।

यस्तै नेपाल र भारतको सीमामा रहेका नागरिकका लागि दुबै देशले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने विषयमा पनि काम भइरहेको जानकारी गराए ।

सो छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले अर्बाैं खर्च गरेर पनि हजारौँ मर्ने कि भोकै बसेर बाँच्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउनु पर्ने बताए । साथै, कोरोना परीक्षण कम्तीमा दैनिक १ हजार जनाको गर्ने गरी काम अघि बढ्नुपर्ने भन्दै लकडाउन बढाउन सुझाए ।

जनस्वास्थ्य विज्ञ डा.अर्जुन कार्की, मन्त्रालयका सचिव यादव कोइराला, प्रा.डा.शरद वन्त लगायतको उक्त छलफलमा सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •