चीनमा आविष्कार भ्याक्सिन लगाएका पहिलो टोली सबै स्वस्थ

काठमाडौं । नोवेल कोरोना भाइरस (काभिड–१९) विरुद्ध चीनमा आविष्कार गरिएको भ्याक्सिन लगाएका चिनियाँ स्वय्मसेवकहरूको पहिलो टोली स्वस्थ रहेको बताइएको छ ।

डेलीमेलका अनुसार सुई लगाएपछि १४ दिन क्वारेन्टाइन बसेका १४ जना स्वय्मसेवकहरू सबै स्वस्थ रहेको र हिजो घर फिर्ता भएको जनाइएको छ । शुक्रबारसम्म १०८ जना स्वय्मसेवक मध्ये १८ जनाको सबै स्वास्थ्य परीक्षण भइसकेको छ ।

उनीहरुलाई ६ महिनासम्म वैज्ञानिकहरुको निगरानीमा राखिने र पछि रगतको नमूना लिएर एन्टीबडिजलाई सुक्ष्म अनुसन्धान गरिने बताइएको छ ।

यदि यो भ्याक्सिन प्रभावकारी रहेको पुष्टि भएमा विदेशमा थप अनुसन्धान गरिने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •