शिक्षामन्त्रीद्वारा अस्ट्रेलियामा रहेका विद्यार्थीको यथार्थ जानकारी लिन निर्देशन

२२ चैत ०७६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रेलिया रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न शिक्षा सचिवलाई निर्देशन दिएका छन् ।

अष्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षामन्त्री पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका हुन् ।

मन्त्री पोखरेलले अष्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन निर्देशन दिएको उनका सचिवालयलले बताएको छ ।

हाल अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या ५५ हजारभन्दा बढी रहेको छ ।

  •  
  •  
  •  
  •  
  •