बेलायतका प्रधानमन्त्री जोनसोन लण्डन अस्पतालमा भर्ना

२४ चैत ०७६, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन लण्डन अस्पतालमा भर्ना भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण पोजेटिभ देखिएपछि जोनसोन अस्पतालमा भर्ना भएका हुन् ।

ज्वरो आउने लगायतका कोभिड १९ का लक्षण देखिएपछि निजी डाक्टरको सल्लाहअनुसार जोनसोन अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताले जानकारी दिएको बीबीसी जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसोनको स्वास्थ्य समस्याप्रति चिन्ता जाहेर गर्दै आफ्नो पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्ध आफैं लडिरहेका जोनसोनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •