महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर

२४ चैत ०७६, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अबको पाँच वर्षको लागि राष्ट्र बैङ्कको नयाँ गभर्नरको रुपमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको भए पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत अधिकारी गभर्नरमा नियुक्त भए ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आजभन्दा पाँच वर्षअघि तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीसहित तीनजनाको नाम गभर्नरको लागि राष्ट्र बैंकको नयाँ गभर्नर पद खाली हुनैलाग्दा सिफारिस गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •