प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोन्सनको स्वास्थ्यलाभको कामना

२५ चैत ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

समकक्षी जोन्सनको स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै भनेका छन्, “बेलायतका प्रधानमन्त्री जोनसनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

प्रधानमन्त्री ओलीले सघन उपचार कक्षमा उपचाररत् बेलायती प्रधानमन्त्री जोन्सनलाई कोभिड–१८ विरुद्ध लड्न शक्ति प्रदान होस् भन्ने कामना समेत गरेका छन् ।

कोरोनाको संक्रमण देखिएका बेलायती प्रधानमन्त्री जोन्सनलाई सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •