विश्वभर कोरोना भाइरसबाट ७४ हजार ४ सय भन्दा बढीको मृत्यु

२५ चैत ०७६, काठमाडौं । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ)ले विश्वभर कोरोना भाईरस (कोभिड–१९)बाट ७४ हजार ४४२ जनाको मृत्यु भइसकेको जनाएको छ । विश्वभर २११ देशमा फैलिसकेको कोरोना संक्रमित संख्या १३ लाख ४० हजार ४५८ पुगिसकेको छ ।

यस भाइरसको सबैभन्दा बढी संक्रमित संख्या अमेरिकामा देखिएको छ । अमेरिकामा ३ लाख ६४ हजार ८८ जनामा संक्रमण देखिएकोमा १० हजार ७९२ जनाको मृत्यु भइसकेको छ भने १९ हजार ५३६ जना निको भइसकेको बताइएको छ ।

यस्तै इटालीमा १ लाख ३२ हजार ५४७ जनामा संक्रमण देखिएकोमा १६ हजार ५२३ जनाको मृत्यु भइसकेको छ भने २२ हजार ८३७ जना निको भएको बताइएको छ ।

यसैगरी स्पेनमा १ लाख ३६ हजार ६७५ जनामा संक्रमण देखिएकोमा १३ हजार ३४१ जनाको मृत्यु भइसकेको छ भने ४० हजार ४३७ जना निको भएको बताइएको छ ।

यसैगरी जर्मनीमा १ लाख ३ हजार ३७४ जनामा संक्रमण देखिएकोमा १ हजार ८१० जनाको मृत्यु भइसकेको छ भने २८ हजार ७ सय जना निको भएको बताइएको छ ।

यसैगरी फ्रान्समा ९८ हजार १० जनामा संक्रमण देखिएको छ भने ८ हजार ९११ जनाको मृत्यु भइसकेको छ । र, १७ हजार २५० जना निको भएको बताइएको छ ।

यसैगरी चीनमा ८१ हजार ७०८ जनामा संक्रमण देखिएको छ भने ३ हजार ३३१ जनाको मृत्यु भइसकेको छ । र, ७७ हजार ७८ जना निको भएको बताइएको छ ।

यसैगरी इरानमा ६० हजार ५ सय जनामा संक्रमण देखिएको छ भने ३ हजार ७३९ जनाको मृत्यु भइसकेको छ । र, २४ हजार २३६ जना निको भएको बताइएको छ ।

यसैगरी युकेमा ५१ हजार ६०८ जनामा संक्रमण देखिएको छ भने ५ हजार ३७३ जनाको मृत्यु भइसकेको छ । र, १३५ जना निको भएको बताइएको छ ।

यसैगरी बेल्जियममा २० हजार ८१४ जनामा संक्रमण देखिएको छ भने १ हजार ६३२ जनाको मृत्यु भइसकेको छ । र, ३ हजार ९८६ जना निको भएको बताइएको छ ।

यसैगरी नेदरल्याण्डमा १८ हजार ८०३ जनामा संक्रमण देखिएको छ भने १ हजार ८६७ जनाको मृत्यु भइसकेको छ । र, २५० जना निको भएको बताइएको छ ।

यसैगरी कोभिड–१९को संक्रमणबाट टर्कीमा ६४९ जनाको मृत्यु भइसकेको छ । यस्तै स्वीटजरल्याण्डमा ७६५ जना, क्यानाडामा ३२३ जना, अष्ट्रियामा २२० जना, ब्राजिलमा ५६४ जना, पोर्चुगलमा ३११ जना, दक्षिण कोरियामा १८६ जना, स्वीडेनमा ४७७ जना, आयरल्याण्डमा १७४ जना, भारतमा १३६ जना, डेनमार्कमा १८७ जना, पोल्याण्डमा १०७ जना, रोमानियामा १७६ जना, इक्वेडरमा १९१ जना, फिलिपिन्समा १६३ जना, इण्डोनेसियामा २०९ जना, अल्जेरिया १७३ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार ८९० जनाको ल्याप परीक्षण गरिएकोमा ९ जनामा संक्रमण देखिएको छ भने १ जना निको भइसकेको छ ।

 

  •  
  •  
  •  
  •  
  •