कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो

२६ चैत ०७६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सिडिसी, एनएचएसकाअनुसार विश्वभर बुधबार बिहानसम्म ८२ हजार २३ जनाको मृत्यु भइसकेको छ । महामारीका रुप लिएको कोरोनाका संक्रमित संख्या १४ लाख ३० हजार ५ सय २८ पुगिसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी इटालीमा मृत्य भएको छ । इटालीमा १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण देखिएकोमा १७ हजार १ सय २७ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ३ सय ९२ जना निको भएको बताइएको छ ।

यसैगरी स्पेनमा १ लाख ४१ हजार ९ सय ४२ जनामा संक्रमण देखिएकोमा १४ हजार ४५ जनाको मृत्यु भइसकेको छ भने ४३ हजार २ सय ८ जना निको भएको बताइएको छ ।

यस्तै अमेरिकामा ४ लाख, ३ सय ३५ जनामा संक्रमण देखिएकोमा १२ हजार ८ सय ४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजार ६ सय ७४ जना निको भइसकेको बताइएको छ ।

यसैगरी फ्रान्समा १ लाख, ९ हजार ६९ जनामा संक्रमण देखिएको छ भने १० हजार ३ सय २८ जनाको मृत्यु भइसकेको छ । र, १९ हजार ३ सय ३७ जना निको भएको बताइएको छ ।

यसैगरी युकेमा ५५ हजार २ सय ४२ जनामा संक्रमण देखिएको छ भने ६ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ । र, १३५ जना निको भएको बताइएको छ ।

यसैगरी इरानमा ६२ हजार ५ सय ८९ जनामा संक्रमण देखिएको छ भने ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । र, २७ हजार ३९ जना निको भएको बताइएको छ ।

यसैगरी चीनमा ८१ हजार ७ सय ४० जनामा संक्रमण देखिएको छ भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भइसकेको छ । र, ७७ हजार १ सय ६७ जना निको भएको बताइएको छ ।

यसैगरी बेल्जियममा २२ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने २ हजार ३५ जनाको मृत्यु भइसकेको छ । र, ४ हजार १ सय ५७ जना निको भएको बताइएको छ ।

यसैगरी नेदरल्याण्डमा १ हजार ५ सय ८० जनामा संक्रमण देखिएको छ भने २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । र, २५० जना निको भएको बताइएको छ ।

यसैगरी जर्मनीमा १ लाख ७ हजार ६ सय ६३ जनामा संक्रमण देखिएकोमा २ हजार १६ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार ८१ सय जना निको भएको बताइएको छ ।

यसैगरी कोभिड–१९को संक्रमणबाट एक हजारभन्दा कम मृत्य भएका देशहरु निम्न छन् :
 स्वीटजरल्याण्डमा ८ सय २१ जना,
 टर्कीमा ७ सय २५ जना,
 ब्राजिलमा ६ सय ८६ जना,
 स्वीडेनमा ५ सय ९१ जना,
 क्यानाडामा ३ सय ८१ जना,
 पोर्चुगलमा ३ सय ४५ जना,
 अष्ट्रियामा २ सय ४३ जना,
 इण्डोनेसियामा २ सय २१ जना,
 इक्वेडरमा २ सय २० जना,
 आयरल्याण्डमा २ सय १० जना,
 डेनमार्कमा २ सय ३ जना,
 रोमानियामा १ सय ९७ जना,
 दक्षिण कोरियामा १ सय ९१ जना,
 फिलिपिन्समा १ सय ७७ जना,
 पोल्याण्डमा १ सय २९ जना,
 मेक्सिकोमा १ सय २५ जना,
 भारतमा १ सय २४ जना,
 पेरुमा १ सय ७ जना,
 डोमिनिकनमा ९८ जना,
 जापानमा ९२ जना,
 नर्बेमा ८९ जना,
 ग्रीसमा ८१ जना,
 जरायलमा ६५ जना,
 मलेसियामा ६३ जना,
 सर्बियामा ६१ जना,
 अर्जेन्टिनामा ६० जना,
 रसियामा ५८ जना,
 पाकिस्तानमा ५७ जना,
 पानामामा ५५ जना,
 कोलम्बियामा ५० जना,
 अष्ट्रेलियामा ४९ जना,
 लक्जम्वर्गमा ४४ जना,
 चिलीमा ४३ जना,
 साउदी अरेबियामा ४१ जना,
 फिन्ल्याण्डमा ३४ जना,
 थाइल्याण्डमा २७ जना,
 दक्षिण अफ्रिकामा १३ जना,
 युएईमा १२ जना,
 आइसल्याण्डमा ६ जना,
 सिंगापुरमा ६ जना,
 कतारमा ६ जनाको मृत्यु भइसकेको छ ।

(स्रोत : डब्लुएचओ, सिडिसी, एनएचएस, जेएचयु सीएसईई)

  •  
  •  
  •  
  •  
  •