कोरोना महामारीबाट विश्वभर १ लाखभन्दा बढीको मृत्यु

२९ चैत ०७६, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट १ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।

बिहीबार बिहानसम्म विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सीडीसी, एनएचएस साथै जेएचयु सीएसईईकाअनुसार एक लाख २ हजार ७ सय ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

यस्तै विश्वभर १६ लाख ९९ हजार ६ सय ३२ जना संक्रमित रहेको पुष्टि भइसकेको छ भने निको हुनेको संख्या ३ लाख ७६ हजार ३ सय ३० रहेको जनाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । पछिल्लो रिर्पोटअनुसार इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा १८ हजार ७ सय १९ जना, स्पेनमा १६ हजार ८१ जना, फ्रान्समा १३ हजार १ सय ९७ जना, बेलायतमा ८ हजार ९ सय ५८ जना, इरानमा ४ हजार २ सय ३२ जना, चीनमा ३ हजार ३ सय ३६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी बेल्जियममा ३ हजार १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने नेदरल्याण्डमा २ हजार ५ सय ११ जना, जर्मनीमा २ हजार ७ सय ६७ जना, स्वीटजरल्याण्डमा १ हजार २ जना, ब्राजिलमा १ हजार ६८ जना, टर्कीमा १ हजार ६ जनाको मृत्यु भएको छ ।

यस्तै स्वीडेनमा ८ सय ७० जना, क्यानाडामा ५ सय ६९ जना, पोर्चुगलमा ४ सय ३५ जना, अष्ट्रियामा ३ सय १९ जना, इण्डोनेसियामा ३ सय ६ जना, इक्वेडरमा २ सय ९७ जना, आयरल्याण्डमा २ सय ८७ जना, डेनमार्कमा २ सय ४७ जना, रोमानियामा २ सय ७० जना, दक्षिण कोरियामा २ सय ८ जना, फिलिपिन्समा २१ सय २१ जना, पोल्याण्डमा १ सय ८१ जना, मेक्सिकोमा १ सय ९४ जना, भारतमा २ सय ३९ जना, पेरुमा १ सय ६९ जना, डोमिनिकनमा १ सय २६ जना, चेकियामा १ सय १९ जना, जापानमा ९९ जना, नर्बेमा १ सय १३ जना, ग्रीसमा ९२ जना, इजरायलमा ९५ जना, मलेसियामा ७० जना, सर्बियामा ७१ जना, रसियामा ९४ जना, युक्रेनमा ६९ जना, पाकिस्तानमा ६६ जना, पानामामा ७४ जना, कोलम्बियामा ८० जना, अष्ट्रेलियामा ५४ जना, लक्जम्वर्गमा ५४ जना, चिलीमा ६५ जना, साउदी अरेबियामा ४७ जना, फिन्ल्याण्डमा ४८ जना, थाइल्याण्डमा ३३ जना, दक्षिण अफ्रिकामा २४ जना, युएईमा १६ जना, सिंगापुरमा ७ जना, कतारमा ६ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : डब्लुएचओ, सिडिसी, एनएचएस, जेएचयु सीएसईई

हालसम्म नेपालमा स्वास्थ्य मन्त्रालयकाअनुसार ९ जनामा संक्रमण देखिएकोमा १ जना निको भइसकेको छ । यस्तै तीन हजार ५ सय २५ को ल्याव परीक्षण गरिएकोमा हजार ५ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

  •  
  •  
  •  
  •  
  •