विश्वभर एक लाख ७ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु

३० चैत ०७६, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७ हजारभन्दा बढी पुगिसकेको छ ।

विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सिडिसी, एनएचएस, जेएचयु सीएसईईकाअनुसार आइतबार बिहानसम्म विश्वभर एक लाख ८ हजार ८ सय २२ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमित चार लाख ४ हजार २९ जना निको भइसकेका छन् भने संक्रमित संख्या १७ लाख ८० हजार २ सय ७१ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा मृत्यु भएको छ । पछिल्लो रिर्पोट अनुसार २० हजार ५ सय ७७ जनाको मृत्यु भइसकेको छ । संक्रमित ३० हजार ४ सय ५३ जना निको भइसकेको बताइएको छ ।

यस्तै इटालीमा १९ हजार ४ सय ६८ जना, स्पेनमा १६ हजार ६ सय ६ जना, फ्रान्समा १३ हजार ८ सय ३२ जना, बेलायतमा ९ हजार ८ सय ७५ जना, इरानमा ४ हजार ३ सय ५७ जना, बेल्जियममा ३ हजार ३ सय ४६ जना, चीनमा ३ हजार ३ सय ३९ जना, जर्मनीमा २ हजार ८ सय ७१ जना,  नेदरल्याण्डमा २ हजार ६ सय ४३ जना, ब्राजिलमा १ हजार १ सय ४० जना, स्वीटजरल्याण्डमा १ हजार ३६ जना, टर्कीमा १ हजार १ सय १ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी स्वीडेनमा ८८७ जना, क्यानाडामा ६५३ जना, पोर्चुगलमा ४७० जना, अष्ट्रियामा ३३७ जना, इण्डोनेसियामा ३२७ जना, इक्वेडरमा ३१५ जना, आयरल्याण्डमा ३२० जना, रोमानियामा २९१ जना, डेनमार्कमा २६० जना, दक्षिण कोरियामा २११ जना, फिलिपिन्समा २४७ जना, पोल्याण्डमा २८ जना, मेक्सिकोमा २३३ जना, भारतमा २४२ जना, पेरुमा १८१ जना, डोमिनिकनमा १३५ जना, जापानमा ९९ जना, नर्बेमा १ सय १९ जना, ग्रीसमा ८३ जना, इजरायलमा १०१ जना, चेकियामा १२९ जना, रसियामा १०६ जना, कोलम्बियामा १ सय जना, मलेसियामा ७३ जना, सर्बियामा ७४ जना, पानामामा ७९ जना, पाकिस्तानमा ८६ जना, चिलीमा ७३ जना, युक्रेनमा ७३ जना, लक्जम्वर्गमा ६२ जना, अष्ट्रेलियामा ५६ जना, अर्जेन्टिनामा ८९ जना, साउदी अरेबियामा ५२ जना, फिन्ल्याण्डमा ४९ जना, थाइल्याण्डमा ३५ जना, युएईमा २० जना, सिंगापुरमा ८ जना, कतारमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

 

(स्रोत : डब्लुएचओ, सिडिसी, एनएचएस, जेएचयु सीएसईई)

  •  
  •  
  •  
  •  
  •