देश पुरानै लयमा छिट्टै फर्कने उपराष्ट्रपतिको विश्वास

२ बैशाख ०७७, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा नयाँ वर्षले राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताएका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उपराष्ट्रपति पासाङले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने पनि विशवास गरेका छन् ।

उनले देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा छिट्टै फर्कने विश्वास व्यक्त गरेका छन् ।

कोभिड–१९ विरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै जिन्ने सम्भव नरहेको भन्दै उनले शुभकामना सन्देशमा आमजनताको पूर्ण साथ र सहयोग हुनुपर्ने बताए ।

सन्देशमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गर्दै उनले भने, “विषम परिस्थितिका बीच हाम्रो घर आँगनमा आइपुगेको नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झना योग्य हुने मैले विश्वास लिएको छु ।”

  •  
  •  
  •  
  •  
  •