कोरोना संक्रमणबाट विश्वभर एक लाख २६ हजारभन्दा बढी मानिसको मृत्यु

३ बैशाख ०७७, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट एक लाख २६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यस्तै बीस लाख भन्दा बढी मानिस संक्रमित देखिएका छन् ।

बुधबार बिहानसम्म विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सीडीसी, एनएचएस साथै जेएचयु सीएसईईकाअनुसार एक लाख २६ हजार ७ सय ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

यस्तै विश्वभर बीस लाख ६६ जना संक्रमित देखिएकोमा चार लाख ८४ हजार पाँच सय ९७ जना निको भइसकेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । पछिल्लो रिर्पोटअनुसार अमेरिकामा २६ हजार ६४ जना मानिसको मृत्यु भइसकेको छ । यहाँ ६ लाख १४ हजार २ सय ४६ जनालाई कोरोना संक्रमण देखिएकोमा ३८ हजार ८ सय २० जना निको भइसकेका छन् ।

यस्तै कोरोना संक्रमणबाट इटालीमा एक्काइस हजार ६७ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा अठार हजार २ सय ५५ जना, फ्रान्समा पन्ध्र हजार ७ सय २९ जना, बेलायतमा बाह्र हजार १ सय ७ जना, इरानमा चार हजार ६ सय ८३ जना, चीनमा तीन हजार ३ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी बेल्जियममा चार हजार १ सय ५७ जना, नेदरल्याण्डमा दुई हजार ९ सय ४५ जना, जर्मनीमा तीन हजार ४ सय ९५ जना, स्वीटजरल्याण्डमा एक हजार १ सय ७४ जना, ब्राजिलमा एक हजार ५ सय ५२ जना, टर्कीमा एक हजार ४ सय ३ जना, स्वीडेनमा १ हजार ३३ जनाको मृत्यु भएको छ ।

यस्तै अहिलेसम्म क्यानाडामा ९०३ जना, पोर्चुगलमा ५६७ जना, अष्ट्रियामा ३८४ जना, इण्डोनेसियामा ४५९ जना, इक्वेडरमा ३६९ जना, आयरल्याण्डमा ४०६ जना, डेनमार्कमा २९९ जना, रोमानियामा ३५१ जना, दक्षिण कोरियामा २२५ जना, फिलिपिन्समा ३३५ जना, पोल्याण्डमा २६३ जना, मेक्सिकोमा ४०६ जना, भारतमा ३७७ जना, पेरुमा २३० जना, डोमिनिकनमा १८३ जना, चेकियामा १६१ जना, जापानमा १४६ जना, नर्बेमा १३९ जना, इजरायलमा १२३ जना, मलेसियामा ८२ जना, सर्बियामा ९४ जना, रसियामा १७० जना, युक्रेनमा ९८ जना, पाकिस्तानमा १०७ जना, पानामामा ९५ जना, कोलम्बियामा १२७ जना, अष्ट्रेलियामा ६३ जना, लक्जम्वर्गमा ६७ जना, चिलीमा ९२ जना, साउदी अरेबियामा ७३ जना, फिन्ल्याण्डमा ६४ जना, थाइल्याण्डमा ४३ जना, दक्षिण अफ्रिकामा २७ जना, युएईमा २८ जना, सिंगापुरमा १० जना, कतारमा ७ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा ६ हजार २ सय ९९ जनाको ल्याव परीक्षण गरिएकोमा ६ हजार २ सय ८३ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १६ जना संक्रमित देखिएका छन् । जसमा एक जना निको भइसकेको छ ।

(स्रोत: डब्लुएचओ, सिडिसी, एनएचएस, जेएचयु सीएसईई)

  •  
  •  
  •  
  •  
  •