कोरोना भाइरसको संक्रमित संख्या ३० पुग्यो

६ बैशाख ०७७, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या ३० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अध्यावधिक विवरण सार्वजनिक गर्दै संक्रमित पुष्टि भएको संख्या ३० पुगेको जानकारी दिएको हो ।

मन्त्रालयले शुक्रबार मात्रै १४ जनामा नयाँ संक्रमित भेटिएका र जसमध्ये उदयपुर जिल्लामा १२ जनामा (१२ जना नै पुरुष) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षीय) रहेको बताएको छ ।

यस्तै चितवन जिल्लामा २७ बर्षीय पुरुष र ६३ बर्षीय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •