कोभिड–१९ संक्रमित संख्या ४२ पुग्दा, चारजना निको भई घर फर्किए (विज्ञप्तिसहित)

१० बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ पुष्टि भएको संख्या ४२ पुगेको जनाएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरेर संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र चारजना निको भएर घर फर्किसकेका जानकारी दिएको छ ।

मन्त्रालयले उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भई विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत् रहेका पनि बताएको छ ।

यस्तै निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परीक्षण भइरहेको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

अन्य थप ६९ जनाको परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकाले थप परीक्षणको लागि आज वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको साथै त्यहाँ परीक्षण गर्दा थप पुष्टी भएकाले निजहरूलाई हाल विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्त्रालयका अनुसार पुष्टि भएका संक्रमितहरूमा १८ , १८ , २० , ३३ , ४० , ४१ . ४१ , ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ ।

विज्ञप्तिसहित :

  •  
  •  
  •  
  •  
  •