चट्याङबाट बागलुङमा एक महिलाको मृत्यु

बागलुङ । जिल्लाको गलकोट नगरपालिका–१, दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

वडा अध्यक्ष नेत्रबहादुर बुढाथोकीले मंगलबार दिउँसो परेको चट्याङबाट दुदिलाभाटी, टोड्केकी  बिजुली खत्रीको मृत्यु भएको जानकारी दिए ।

अध्यक्ष  बुढाथोकीले घरमै बसिरहेका बेला परेको चट्याङ लागेर बिजुलीको मृत्यु भएको र श्रीमान् सोम खत्री बेहोस भए पनि अहिले सामान्य अवस्थामा रहेको बताए ।

गत साता मात्रै चट्याङ लागेर बागलुङ नगरपालिका–१४ मा एक युवाको ज्यान गएको थियो ।

  •  
  •  
  •  
  •  
  •