प्रतिक्रियावादीहरु नेकपालाई कमजोर पार्न निरन्तर लागिरहेका छन् – प्रचण्ड

१० बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन् ।

आजैका दिन अर्थात् (१९४९ अप्रिल २२) मा स्थापित नेपाल कम्युनिष्ट पार्टीले ७१ औं वर्ष पार गरेको अवसरमा जारी गरिएको प्रेस वक्तव्यमा अध्यक्ष प्रचण्डले ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी शक्ति नेकपालाई कमजोर बनाउन निरन्तर लागिरहेको बताएका हुन् ।

“ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन्,” वक्तव्यमा भनिएको छ, “प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु , जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो ।”

कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएको भन्दै प्राप्त उपलब्धिलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको पनि वक्तव्यमा उल्लेख छ ।

अध्यक्ष प्रचण्डले ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफनो ठाउँमा सकारात्मक पहल गर्न साथै कोभिड १९ विरुद्ध एकताबद्ध संघर्षमा होमिन सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •