कोरोना संक्रमित संख्या ४९ र निको हुनेको १० जना पुग्यो

१२ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार साँझसम्म कोरोना भाइरसको संक्रमित संख्या ४९ पुगेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार थप नयाँ १ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमित झापा निवासी ६२ बर्षका पुरुष रहेको साथै आइसोलेशन रहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

योसँगै हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या १० पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •