एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष भुसाल कैलालीमा मृत भेटिए

१३ बैशाख ०७७, काठमाडौं । निजी विद्यालयको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल कैलालीमा मृत भेटिएका छन् ।

बिहीबार राति घोडाघोडी नगरपालिका १० मा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिए । उपाध्यक्ष भुसाल गौरीगंगा नगरपालिका ९ मा बस्ने गर्थे ।

’हिजो राति हामीले उहाँको शव फेला पारेका हौं,’ उनले भने,’उनको हत्याको हो कि के हो भन्ने बारेमा बुझ्दैछौं ।’

उनका अनुसार भुसालको शरिरका केही भागमा चोटसमेत देखिएको छ ।

‘नाकबाट रगत बगेको छ, घुँडाले टेकेर हिँडाएको जस्तो पनि देखिन्छ,’ उनले भने, ‘शव पोर्टमार्टमका लागि सेती प्रदेशिक अस्पताल पठाइएको छ । रिपोर्टपछि थाहा होला।’

प्रहरीले उनको मृत्युको विषयमा सोधपुछ गर्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।

‘बिहिबार भुसालसँगै बसेर रक्सी खाएका दुई जनालाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी बस्नेतले भने । सेतोपाटीमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •