मुख्यमन्त्री गुरुङ भन्छन्, गण्डकी कोरोना मुक्त प्रदेश

१३ बैशाख ०७७, कास्की । गण्डकी प्रदेशलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना मुक्त प्रदेश भएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले प्रदेशका कोरोना भाइरस संक्रमित २ जना बिरामी निको भएर घर फर्केपछि शनिबार सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले शुक्रबार बागलुङमा उपचारमा रहेकी १९ वर्षीया युवतीको डिस्चार्ज भएसँगै प्रदेश कोरोनाबाट मुक्त भएको उनले दाबी गरे ।

यसअघि ६५ वर्षकी वृद्धाको अघिल्लो साता डिस्चार्ज गरिएको थियो ।

उनले बागलुङमा दुई भन्दा बढी संक्रमित नदेखिएको र संक्रमित पनि निको भइसकेकाले सो जिल्ला पनि ग्रिन जिल्ला भएको बताए ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका ११ जिल्लार ८५ वटै स्थानीय तहहरू ग्रिन रहेको बताउँदै अब यसलाई कायम राख्न संक्रमण नियन्त्रण नहुँदासम्म लकडाउन लम्ब्याउनु पर्ने तर मोडल परिवर्तन गरेर निर्माण र उत्पादनका क्षेत्र सञ्चालन हुनु पर्नेमा जोड दिए ।

उनले भारतमा संक्रमणबाट मृत्यु हुने क्रम नरोकिएको भन्दै नेपालमा लकडाउन खोल्न हतार गर्न नहुने बताए

  •  
  •  
  •  
  •  
  •