थप दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१ पुग्यो

१४ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ५१ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयले आज अपरान्ह प्रेस विज्ञप्ति जारी गरेर हाल अद्यावधिक विवरण अनुसार कोभिड–१९ पुष्टि भएकाहरुको संख्या ५१ पुगेको जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजा अनुसार नयाँ पुष्टि भएको संख्या २ जना रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, “उहाँहरु दुबै पर्सा, वीरगंज निवासी ५० वर्षीय पुरुषहरु हुनुहुन्छ ।”

मन्त्रालयले दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र निजहरु आइसोलेसनमा अस्पतालमा रहेको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •