लकडाउन बैशाख २५ गतेसम्म जारी राख्ने सरकारको निर्णय


१४ बैशाख ०७७, काठमाडौं । सरकारले बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाले आज बसेको मन्त्रिपरिषदको बैठकले बैशाख २५ गते मध्यरातिसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको जानकारी दिए ।

“मुलुकभर कोरोना जोखिम न्यूनीकरण गर्न लकडाउनको अवधि बेशाख २५ गते बिहीबार मध्यरातिसम्मका लागि बढाइएको छ” प्रवक्ता खतिवडाले भने, “बाह्य जगतबाट कोरोना जोखिम नरहोस् भन्नका लागि अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा आवागमन बैशाख ३१ सम्म स्थगन गर्ने निर्णय गरिएको छ ।”

मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानको लागि अनुमति दिने निर्णय पनि गरेको छ ।

  •  
  •  
  •  
  •  
  •