सरकारले कोरिया जाने श्रमिकहरुलाई अनुमति दिने

१४ बैशाख ०७७, काठमाडौं । सरकारले ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने श्रमिकहरुलाई अनुमति दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने श्रमिकहरुलाई दुई देशको सहमतिका आधारमा कोरिया जान अनुमति दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता युवराज खतिवडाले भने, “ आज बसेको मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानको लागि अनुमति दिने निर्णय पनि गरेको छ ।”

  •  
  •  
  •  
  •  
  •