लकडाउन थप कडाई साथ लागू गर्न गृह मन्त्रालयको निर्देशन

१५ बैशाख ०७७, काठमाडौं । गृह मन्त्रालयले मातहतका निकायलाई ‘लकडाउन’ थप कडाई साथ लागू गर्न निर्देशन दिएको छ ।

सोमबार परिपत्र गर्दै मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई बिना पास कुनै पनि सवारी साधन आवतजावत गर्न रोक लगाउन निर्देशन दिएको हो ।

बीचबाटोमा पुगेका र बिचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्दारका लागि साँझको समयमा केही दिनदेखि सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएपछि अधिकांशको उद्दार भइसकेकाले ठहर गर्दै मन्त्रालयले आजबाट पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ संक्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •