तिरहुतमा अज्ञात व्यक्तिले छरेका केही नोटहरु भेटिए

देवराम यादव/१६ बैशाख ०७७, सप्तरी । जिल्लाको तिरहुत गाउँपालिकामा अज्ञात व्यक्तिले छरेका पैसाका नोटहरु फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले केही नोटहरु मंगलबार बिहान तिरहुत गाउँपालिका वडा नम्बर ८ गोइठीस्थित वस्तीमा छरिएको अवस्थामा फेला परेको बताएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले २ सय ७५ रुपैयाँ छरिएको अवस्थामा फेला परेको जानकारी दिए ।

मिश्रका अनुसार ५, १०, २०, ५० र १०० रुपैयाँको नोट छरिएको अवस्थामा फेला परेको छ ।

सोमबार राति नै वस्तीमा नोट छरिएको देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए । नायव उपरीक्षक मिश्रले ती नोटहरु सुरक्षित साथ राखिएको र नोटको जाँच गरिने बताए ।

  •  
  •  
  •  
  •  
  •