समाजवादीका नेताहरू अपहरणको जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगे

१६ बैशाख ०७७, काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरू काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा अपहरण मुद्दाको जाहेरी दर्ता गर्न गएका छन् ।

सजपाका नेता तथा सांसद डा. सुरेन्द्र यादव पार्टी नेताहरुलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्वय कृष्णकुमार श्रेष्ठ र महेश बस्नेत साथै नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न बबरमहलस्थित सरकारी वकिल कार्यालय पुगेका हुन् ।

उनीहरुले महानगरीय प्रहरी परिसर, टेकुमा आइतबार जाहेरी दिन पनि प्रहरीले दर्ता गरेन् ।

तत्कालीन समाजवादी पार्टीका नेता डा.यादवलाई बैशाख १० गते बस्नेत, श्रेष्ठ र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

यस प्रकरणमा यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको बताउँदै आएको छ भने श्रेष्ठ, बस्नेत र खनालले उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •