संयुक्त अरब र कतारबाट मेडिकल सामग्री नेपाल आइपुग्यो

१७ बैशाख ०७७, काठमाडौं । संयुक्त अरब इमिरेट्स र कतारले नेपाललाई सहयोग गरेको मेडिकल सामग्री नेपाल आइपुगेको छ ।

विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीका अनुसार दुबै देशले जहाज चार्टर्ड गरेर नेपालमा सामग्री पठाएका हुन् ।

केसीले दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्री बोकेर ल्याएको जानकारी दिए ।

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ । त्यस्तै, दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ ।

  •  
  •  
  •  
  •  
  •