सरकारले घरवहाल, शैक्षिक तथा स्वास्थ्य उपचार शुल्क मिनाहा गर्नु पर्दछ – धनबहादुर विक

धनबहादुर विक उपाध्यक्ष,अन्टुफ केन्द्रीय समिति

१७ बैशाख ०७७, काठमाडौं । अन्टुफ केन्द्रीय उपाध्यक्ष धनबहादुर विकले श्रमिकहरुका लागि ट्रेड यूनियनहरूले गर्नै पर्ने कार्यहरु सुझाएका छन् ।

उपाध्यक्ष विकले अभाव, पीडा र भोकमोरीको समस्या भोगिरहेका श्रमिकहरु कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनले थप समस्यामा परेको भन्दै ट्रेड यूनियनले गर्नुपर्ने कार्यहरु सुझाएका हुन् ।

“घरवहाल, शैक्षिक शुल्क, साथै स्वास्थ्य उपचार शुल्क मिनाहा गराउन सरकारसँग ट्रेड युनियनले ठोस पहल गर्नुपर्दछ,” उनले भनेका छन्, “विशाल अनौपचारिक श्रेत्र/ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाई स्थानीय तहमा पंजीकरण गराउन पहल लिनु पर्दछ ।”

उनले जीवनउपयोगी श्रम क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको १०० दिने रोजगार कार्यक्रममा समेत जोड्नु पर्नेमा जोड दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •