कोरोनाबाट मृत शरीर व्यवस्थापनको अभ्यास

१८ बैशाख ०७७, सप्तरी । कोरोना भाइरसको संक्रमणबाट कुनै व्यक्तिको मृत्यु भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने सम्बन्धमा नेपाली सेनाले बिहीबार राजविराजमा अभ्यास गरेको छ ।

नेपाली सेनाको मध्य पूर्वी पृतनाद्वारा प्रस्तुत तथा राजविराजस्थित सेनाको मिभ दल गणको सहयोगमा सो अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा पिआरटीले शंकास्पद संक्रमित भेट्दा कसरी कारवाही गर्ने, कोभिड १९ संक्रमित मृत शरीरलाई कसरी व्यवस्थापन गर्ने तथा एम्बुलेन्स र सवारीसाधनलाई कसरी डिसइन्फेक्ट गर्ने बारे देखाइएको थियो ।

सहसेनानी बिद्युत कुमार बस्नेतको नेतृत्वमा प्रस्तुत गरिएको अभ्यासमा सुरक्षा निकायबीच गरिने कारवाहीमा समेत एकरुपता ल्याउन मद्दत पु¥याई बास्तविक परिस्थितमा समेत कार्य गर्ने कुरालाई केन्द्रित गरिएको छ ।

सो अवसरमा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साह, सञ्चारकर्मी, अधिकारकर्मी, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •