यातायात मजदुर संघ र अन्टुफ धरानद्वारा १२० मजदुरलाई राहत वितरण

१८ बैशाख ०७७, धरान । अखिल नेपाल यातायात मजदुर संघ तथा अन्टुफ धरानले १३१औं दिबसको अबसरमा १२० परिवार मजदुरलाई जनप्रतिनिधिको रोहबरमा राहत वितरण गरेको छ ।

यातायात मजदुर संघ प्रदेश १ का अध्यक्ष लिला बहादुर प्रधानकाअनुसार वडा नं. ७, ११ र १५ का अध्यक्षहरुको रोहबरमा विपन्न परिवारका मजदुरहरुलाई राहत बितरण गरिएको हो ।

मजदुरको दुःखमा साथ दिएका सोभित मान गुरुङ, गौमाया गुरुङ, प्रिया गुरुङ, माननीय उमिता बराईली, मुकेस, माया राई , उद्धब लङगवा, जित राज राई, मनोज अग्रवाल, एसन राईलाई रातह प्रदान गर्नमा सहयोग गरेको भन्दै प्रधानले धन्यवाद व्यक्रसमेत गरेका छन् ।

उक्त राहत बितरण कार्यक्रममा सहभागी नेकपाका प्रदेस सदस्य आईन्द्र बिक्रम बेघा, जिल्ला सदस्य चोत्लुङ, नगर अध्यक्ष नारायण सुबेदी, धरान ११ का नेकपाका वडा अध्यक्ष जितराज राई नेपाली कांग्र्रेसका धरान ११ का वडा सभापति लोकेन्द्र फागो लगायतको उपस्थिति रहेको थियो ।

यस्तै राहत वितरणमा अन्छुफ धरानका अध्यक्ष बिन्द्र राई, सचिब सुमन गहतराज कोषाध्यक्ष कोपिला श्रेष्ठ, जिल्ला सचिव याम किराती, सन्तोस तामाङ, सिता थापा, माथब गिरि, महेन्द्र कार्कीले सक्रिय भूमिका खेलेका थिए ।

  •  
  •  
  •  
  •  
  •