बारा र पर्साका मजदुरहरुले रक्तदान गरेर १३१औं श्रमिक दिवस मनाए

अन्टुफ प्रदेश २ अध्यक्ष, औद्योगिक मजदुरका प्रदेश इन्चार्ज लगायत मजुदरहरू रक्तदान गर्दै । तस्बिर : बेनी

१९ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ बारा र पर्साको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार १३१औं श्रमिक दिवसको अवसरमा प्रदेश २ को सिमरा हेल्थ सेन्टरमा अन्टुफ बारा र पर्साले रक्तदान गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ अध्यक्ष अर्जुन चिमोरिया साथै अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश २ इन्चार्ज बेनी प्रसाद तिमल्सिनासहित ३८ जना श्रमिकहरुले रक्तदान गरेको अन्टुफ प्रदेश इन्चार्ज सोनालाल साहले जानकारी दिए ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघका प्रदेश २ उपाध्यक्ष तुनतुन तिवारी लगायत श्रमिकहरु रक्तदान गर्दै । तस्बिर : तुनतुन

यस्तै अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुम बहादुर रेग्मी ‘किरण’ले औधोगिक मजदुरका प्रदेश २ इन्चार्ज तिमल्सिनालाई उदृत गर्दै मजदुरहरु दिनप्रतिदिन लकडाउनका कारण रोगले भन्दा भोकले मर्नु पर्ने संकटपूर्ण अवस्था पनि रक्तदान गरेर अनुकरणीय कार्य गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •