स्वास्थ्य श्रमिक र होटल मजदुर संघद्वारा मई दिवसको शुभकामना व्यक्त

अध्यक्ष निसा खरेल, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ

१९ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल स्वास्थ्य श्रमिक संघले मई दिवसको अवसरमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीलाई शुभकामना व्यक्त गरेको छ ।

संघकी अध्यक्ष निसा खरेलले १३१औं मई दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै विगतमा झैं कोरोना संक्रमणले विभिन्न कार्यक्रम गरेर दिवस मनाउन नपाए पनि महामारीमा अग्रमोर्चामा रहेर बिरामीको उपचारमा अहोरात्र खटिरहेका सम्पूर्ण श्रमिकहरुलाई शुभकामना व्यक्त गरेकी हुन् ।

“१३१औं मई दिवसको अवसरमा सदाझैं सभा सम्मेलन गरेर मनाउन नपाएकोमा यसै शुभकामनामार्फत् आम श्रमजीवी स्वास्थ्यकर्मी र स्वास्थ्य श्रमिक सम्पूर्ण मजदुर मित्रहरुलाई मई दिवसको शुभकामना व्यक्त गर्दछौं” शुभकामनामा भनिएको छ ।

यस्तै अखिल नेपाल होटल तथा क्यासिनो रेष्टुँरा मजदुर संघका अध्यक्ष माधव पाण्डेले एक सय ३१औँ मई दिवसले आम श्रमजीवी मजदुरहरुमा प्रगाढ एकता कायम गर्र्न र कोरोना भाइरसविरुद्धको महामरीसँग जुध्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष माधव पाण्डे, अखिल नेपाल होटल तथा क्यासिनो रेष्टुँरा मजदुर संघ

कोरोनाविरुद्धको संघर्ष निकै कठिन र चुनौतिपूर्ण रहेको बताउँदै अध्यक्ष पाण्डेले विश्वभरका मजदुरहरुले निकै कष्ट र पीडा भोगिरहनु परेको र यसबाट मुक्ति र श्रमअधिकार प्राप्तिका लागि मई दिवसले शक्ति प्रदान गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •