१३१औं मई दिवसको अवसरमा अन्टुफ सातै प्रदेशको शुभकामना

१९ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ इन्चार्ज भुपाल सापकोटाले १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरका शुभकामना व्यक्त गरेका छन् ।

इन्चार्ज, भुपाल सापकोटा प्रदेश १

उनले विश्वले महासंकट भोगिरहेको समयमा आगामी दिनमा मजदुर आन्दोलनले थप चुनौतीको सामना गर्नु पर्ने देखिएको भन्दै यी समस्याहरु हल गर्न मजदुर संगठन र आन्दोलनलाई थप मजबुद र एकताबद्ध गर्न गराउन मई दिवसको शुभकामना व्यक्त गरेका छन् ।

यस्तै मई दिवसलाई प्रदेश २ का अन्टुफ इन्चार्ज सोनालाल साहले मजदुरहरुले अधिकार प्राप्त गरेको दिनका रुपमा स्मरण गर्दै मजदुरका अधिकार रक्षा गर्दै कोरोनाविरुद्ध एकभई लड्नु पर्ने शुभकामना व्यक्त गरेका छन् ।

इन्चार्ज, सोनालाल साह प्रदेश २

यसैगरी बागमती प्रदेशका अध्यक्ष पिताम्बर गिरीले आजको जस्तो परिस्थिति बिरलै मात्रामा आउने भन्दै कोरना मानबजातिकै इतिहासमा माहामारी रहेको बताएका छन् । उनले लाखौंलाख मानिसहरुको ज्यान गइरहेको र अझै जाने दिशातर्फ अगाडि बढिरहेको हुँदा यही मौका छोपेर पुँजीपतिहरुले बिभिन्न बाहानामा श्रमिकमाथि शोषण गरेको बताएका छन् ।

अध्यक्ष गिरीले मजदुर निस्काशन गर्ने ब्यबसाय बन्द गर्नेदेखि, श्रमिकहरुको तलब रोक्ने, कटौति गर्ने जस्ता कार्य रोजगारदाताहरुले गरेको भन्दै मजदुरबिरोधि हर्कत तत्काल बन्द गर्न श्रमिकहरुलाई सम्मान र नयोचित व्यबहार गर्न आबश्यक रहेको बताएका छन् ।

अध्यक्ष, पिताम्बर गिरी बागमती प्रदेश

उनले हजारौंको बलिदानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै आएको मई दिवसले सबै श्रमिकहरुलाई अधिकारका लागि लड्न थप उर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

यसैगरी गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले काम र पेशाको आधारमा मानवले मान र अपमानित हुनु पर्ने प्रथा को अन्त्य गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष, रुद्र गौतम गण्डकी प्रदेश

प्रदेश ५ का अध्यक्ष दान बहादुर वली ‘निमार्ण’ले श्रमजीवी वर्गको मुक्तिको लागि वर्गीय आन्दोलन सहभागी भई जीवन बलिदान गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रोजगारदाताहरुलाई कोरोना संकटमा श्रमिकको स्वास्थसुरक्षा र सेवा, सुबिधा (तलब भत्ता) कटौती नगर्न अनुरोध गरेका छन् ।

अध्यक्ष, दान बहादुर वली प्रदेश ५

अध्यक्ष वलीले लकडाउनको पूर्ण पालना गर्न, श्रम अधिकार र जीवन रक्षाका लागि एकजुट भई अघि बढ्न शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष, ललित जिएम कर्णाली प्रदेश

यस्तै कर्णाली प्रदेश अध्यक्ष ललित जिएमले मजदुर वर्गको स्वर्णीम सपना साकार गर्न न्यायपूर्ण आन्दोलनमा अमूल्य बलिदन गर्ने अमर सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै १३१औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा देश बिदेशमा रहेर श्रमक्षेत्रमा जीवन खाजिरहेका श्रमजिवी मजदुरहरुप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज नरहरिनाथ योगीले पनि मई दिवसको अवसरमा मजदुरहरु एक भई अघि बढ्न मई दिवसले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

इन्चार्ज, नरहरिनाथ योगी सुदूरपश्चिम प्रदेश

अखिल नेपाल ट्रेड युनियन महासंघले “१३१औं मई दिवस कोभिड–१९ विरुद्ध भौतिक दूरी कायम गरी संघर्षको रुपमा मनाऔँ,
श्रम ऐनको मजदुरविरोधी दफा संशोधनसहित सामाजिक सुरक्षा पूर्णरुपमा कार्यान्वयन गराऔंँ” भन्ने मूल नाराका साथ आज ११ बजे महासंघको केन्द्रीय कार्यालयमा भौतिकदुरी कायम गरेर मई दिवस मनाउँदैछ ।

 

 

  •  
  •  
  •  
  •  
  •