स्थानीय तहले आफ्नो मतदातालाई राहत वितरण गर्दा वास्तविक मजदुरहरु राहतबाट बञ्चित भए – पुस्कर आचार्य

पुस्कर आचार्य अध्यक्ष, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)

२० बैशाख ०७७, काठमाडौं । नेपालमा क्रियाशील ट्रेड युनियनहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)ले वास्तविक पीडितलाई राहत दिन सरकारको ध्यानार्कषण गराएको छ ।

शुक्रबार १३१ औं मई दिवसका अवसरमा जेटीयुसीसीका अध्यक्ष पुस्कर आचार्यले एक भिडियो सन्देशमार्फत् कोरोना कहरमा सरकारलाई नागरिकको जीवन रक्षा गर्न सुझएका हुन् ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष समेत रहेका जेटीयुसीसीका अध्यक्ष आचार्यले भने, “केन्द्र सरकारले प्रदेशलाई, प्रदेश सरकारले स्थानीय तहलाई राहत दिन निर्देशन दिँदा स्थानीय तहले आफ्नो मतदातालाई राहत वितरण गर्दा वास्तविक मजदुरहरु राहतबाट बञ्चित भएका छन् ।”

कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि सबैभन्दा बढी मजदुरहरु समस्यामा परेको भन्दै अध्यक्ष आचार्यले असंगठति क्षेत्रका मजदुर भयावह पीडामा रहेको र संगठति क्षेत्रका श्रमिक पनि पीडामा रहेकाले नागरिकको जीवन रक्षाका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

अत्यावश्यक सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरुले अहिलेसम्म पनि अत्यावश्यक सुरक्षाको साधन नपाएको भन्दै उनले सोको व्यवस्था गर्नु पर्ने सुझाएका छन् ।

सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मीहरुलाई प्राथकिमतामा राखेर सम्पूर्ण नेपालीको हितार्थ काम गर्नुपर्ने भन्दै उनले कोरोना कहरबाट उन्मिुक्तको लागि भौतिक दूरी कायम गर्न आग्रह र घरमै बसेका श्रमिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था उन्मुख भएकाले गास र बास व्यवस्था गर्न आग्रह गरेका छन् ।

यस्तै जेटीयुसीसी अध्यक्ष आचार्यले कोरोना भाइरसबाट सिर्जित लकडाउनका कारण १३१औं वर्षको मे दिवस कारण सार्वजनिक स्थालमा मनाउन नसकिएको भन्दै नेपाली ट्रेड युनियनहरुको तर्फबाट सुस्वास्थ्य दिर्घायु साथै प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •